FAQs Complain Problems

बैठक नं.५९ (मिति २०७६/०३/०३)

प्रस्ताव (कार्यपालिका बैठक नं. ५९, मिति २०७६।०३।३, मङ्गलबार)

१.आगामी आर्थिक वर्ष २०७६।०७७को बजेट तथा कार्यक्रम छलफल सम्वन्धमा  ।

२.विविध सम्वन्धमा ।

निर्णयहरु:

 

निर्णय नं. १:

 यस घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को प्रस्तावित बजेट तथा कार्यक्रम अनुसार  प्रत्येक वडाको लागि रु १ करोडको सिलिंग दिने ।

 

 निर्णय नं.२: विविध

२.१ यस घोराही उपमहानगरपालिकाको कृषि विकास शाखा, मिति २०७६/०३/०२ गते  बसेको तपशिल बमोजिमको बैठकको निर्णय अनुमोदन गर्ने।

तपशिल:

२.१.१ आ.व. २०७५/०७६ को स्वीकृत कार्यक्रम सि.न. १०१०, सि.नं. २ मूल विउ वितरण ५० प्रतिशत अनुदान (तोरी, मसुरो, गहुँ, धान, मकै) शिर्षकमा विनियोजन रु.१५००००|०० मध्ये रु ३३६६५|- बाँकी हुन आएकोले उक्त रकम धानको उन्नत विउं खरिद गरि ५०% अनुदानमा वितरण गर्ने ।

२.१.२ साविक जिल्ला कृषि विकास कार्यालयबाट वितरण भएका रासायनिक मल विक्री इजाजत पत्रहरु यस उपमहानगरपालिका कृषि विकास शाखाबाट नियमानुसारको दस्तुर (राजश्व) लिइ नविकरण भैरहेको र अव उप्रान्त सहकारी संस्थाहरुबाट इजाजतपत्रका लागि माग भै आएमा तपशिलको राजश्व लिइ इजाजत पत्र उपलब्ध गराउने ।

तपशिल:

नयाँ निवेदन इजाजत पत्र – रु. १००|-

नविकरण म्याद भित्र – रु. ५०|-

नविकरण म्याद ३० दिन भित्र – रु. २००|-

नविकरण म्याद ३० दिन नाघेमा  – रु. ७००|-

नविकरण म्याद १ आर्थिक बर्ष अवधिमा – रु. १०००|-

नविकरण म्याद प्रति वर्ष थप – रु. १०००|- का दरले

 

२.१.३ घोराही उपमहानगर कृषि विकास शाखा अन्तर्गत सशर्त अनुदान संघीय सरकार तर्फको भकारो सुधार कार्यक्रमको रु. ५००००|- रकम वडा नं. १ अठ्ठाइसे निवासी होम बहादुर बुढाथोकीले १ वटा र वडा नं. १२ हापुर निवासी पूर्ण बहादुर घर्तीले १ वटा संचालन गरि सम्पन्न गरेको हुँदा २५०००|-का दरले भुक्तानी दिने ।

 

२.१.४ २०७६ को १६ औं राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम असार १५ गतेका दिन " धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण" भन्ने नाराका साथ विभिन्न संघ संस्थाहरुको सहकार्यमा वडा नं. १२ नारेबांगमा भव्यताका साथ मनाउने ।

२.१.५ आ.व. २०७५/०७६ को स्वीकृत कार्यक्रम अनुसार सि.नं.१०१०, सि.नं. ७ गह्रा सुधार अनुदान कार्यक्रम ५० हेक्टर रु. ५०००००|- वडा नं. ७ सुक्रवारमा संचालन गर्ने ।

 

२.१.६ आ.व.२०७५/०७६ को स्वीकृत कृषि सेवा कार्यक्रमको संचालन हुन बाँकी तपशिल अनुसार गर्ने|

क्र.स.

 

योजनाको नाम

बजेट

संसोधित कार्यक्रम

बजेट

कैफियत

१.

१.१ अनार खेती विकास कार्यक्रम

(सि.नं. १०१०, सि.नं. १९)

१.२ मागमा आधारित कार्यक्रम (सि.नं.१०१०, सि.नं.६)

१.३ एरियटर मेशिन वितरण ५० प्रतिशत अनुदान (सि.नं.१०१० सि.नं.१७)

 

  • ५००००|००

(५५००००|०० विनियोजित)

 

 

  • २००००|०० (५०००००|०० विनियोजित)

 

  • २००००|००

(१४५०००|०० विनियोजित)

 

 

१० सेट सिड बिन खरिद

 

 

 

 

९००००

विउ उत्पादन कृषि सहकारी संस्थाहरुलाई अनुदानमा वितरण गर्ने

२.

एरियटर मेशिन वितरण ५० प्रतिशत अनुदान (सि.नं.१०१० सि.नं.१७)

 

१४५०००|००

 

पुरन्धारा छहरा कृषि फर्मलाई माछाको दाना पिस्ने मेशिन

५२५००|

 

कृषि चुनमा अनुदान (सि.नं.१०१०, सि.नं. १३)

२०००००|००

प्रगतिशील कृषक समूह वडा नं.६लाई बोरिङको पाइपविस्तारको लागि पाइप खरिद

१५००००|

 

४.१ नमुना कृषि फर्म स्थापना २ वटा(सि.नं.१०१०, सि.नं.८)

 

४.२ अनार  खेती विकास कार्यक्रम

(सि.नं. १०१०, सि.नं. १९)

 

४०००००|००

 

 

 

 

 

३०००००|०० (५५००००|०० विनियोजित)

आँप, लिची र कागती बगैचा स्थापना गर्ने कृषकलाई फलफूलका विरुवा वितरण

७०००००|

५० देखि १०० बोट विरुवा रोप्ने कृषकलाई ढुवानी सहित ५०% अनुदानमा विरुवा उपलब्ध गराउने र १०० भन्दा बढी विरुवा रोप्ने कृषकलाई निशुल्क विरुवा उपलब्ध गराउने |

अनार खेती विकास कार्यक्रम

(सि.नं. १०१०, सि.नं. १९)

 

१०००००|००

माटो परिक्षणका लागि कृषि ज्ञान केन्द्रलाई उपलब्ध गराउने

१०००००|