FAQs Complain Problems

मेसिनरी सामान तथा पावर व्याकअप सामग्री खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

घोराही उपमहानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

घोराही, दाङ

 

मेसिनरी सामान तथा पावर व्याकअप सामग्री खरिदसम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः-२०७५।०५।०९ गते

 

यस घोराही उपमहानगरपालिका कार्यालयको ९ वटा वडाकार्यालयहरुमा पावर व्याकअप सामग्री खरिद एवं जडान र अन्य मेसिनरी सामान खरिद गर्न सो सम्बन्धी कार्य गर्न मान्यता प्राप्त फर्म/कम्पनीहरुवाट निम्न शर्तहरुको अधिनमा रही रितपुर्वकको सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरु–ः

  1. दरभाउपत्र फारम रु १०००।(पछि फिर्ता नहुने गरि) तिरी यो सूचना प्रकाशितभएको मितिले१५ दिनसम्म वा मिति २०७५/०५/२३ गते भित्र कार्यालय समयमाखरिद गर्न सकिने छ ।
  2. दरभाउपत्रफारम खरिद गर्न फर्म/कम्पनीहरुले कम्पनि रजिस्ट्रेसन प्रमाणपत्र, भ्याट/प्यान दर्ता तथा नविकरण गरेकोप्रमाणपत्र र आ. व.२०७३।७४को कर चुक्ता प्रमाणित प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
  3. दरभाउपत्र शर्त रहित केरमेट नभएको हुनुपर्नेछ । यदि केरमेट भएमाकेरमेट भएको ठाउँमा बोलपत्र दाताको दस्तखत र छाप भएको हुनुपर्नेछ ।
  4. तपशिलमा उल्लेखित धरौटी वापतको रकम यस कार्यालयको नाममा रहेको श्री नेपाल बैकलिमिटेड, घोराहीको धरौटी खाता –नं.02703000000003000004 मा नगदै जम्मा गरेको सक्कलभौचर वा यस कार्यालयकोनाममा मान्यता प्राप्त वाणिज्य बैंकले जारि गरेको ग्यारेन्टी(विड वण्ड)संलग्न हुनु पर्ने छ । प्रस्ताबककोBid validityकम्तीमा ७५ दिनको हुनुपर्नेछ।
  5. कवोल अंककोदररेट अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नु पर्नेछ । केरमेट भएमा केरमेट भएको स्थानमा सहिछाप गर्नु पर्नेछ।दररेट रकम अंक र अक्षरमा फरक पर्न आएमा अक्षरमालेखिएकोलाई मान्यता दिईनेछ ।
  6. एक फर्मको नाममा खरिद गरिएको दरभाउपत्र फाराम अर्को फर्मको नामबाट दाखिला गर्न पाईने छैन।
  7. खरिद भएको दरभाउपत्र फाराम सिलवन्दी गरी खाम वाहिर आफनो फर्मको नामथर, वतन र कामको विवरण स्पष्ट उल्लेख गरी सिलवन्दी गरी यस कार्यालयमा मिति २०७५।०५।२४ गते दिनको १२बजे भित्र दर्ता गरी सक्नु पर्नेछ । दर्ता भएका दरभाउपत्रहरु सोही दिनको २ बजे यस कार्यालयम सरकारी प्रतिनिधी, फर्मको प्रतिनिधीहरुको रोहवरमा खोलिने छ । समयमा फर्मको वा निजहरुको प्रतिनिधी उपस्थित नभएमा पनि सिलवन्दी दरभाउपत्र खोल्न बाधा पुग्नेछैन । कारणवश सिलवन्दी बोलपत्र खरिद गर्ने ,दर्ता गर्ने तथा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको सोही समयमा हुनेछ।
  8. बोलपत्र पूर्ण वा आंशिकरुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ र यस उपमहानगरपालिकाको निर्देशन बमोजिम उल्लेखित सामानहरु वडा कार्यालय सम्म ढुवानी र जडान गर्ने जिम्मा आपूर्तिकर्ताको रहनेछ ।
  9. अन्य कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ वमोजिम हुनेछ। अन्य कुराहरु दरभाउपत्र फाराममा उल्लेख भए वमोजिम हुनेछ ।
  10. थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क राख्न सकिने छ साथै यो सुचना घोराहीउपमहानगरपालिकाको वेभसाइट www.ghorahimun.gov.npबाट समेत डाउनलोड गरी हेर्न सकिनेछ ।

बोलपत्र नं

सामानको विवरण

ल.इ(मू अक बाहेक)

धरौटी रकम

कैफियत

१/२०७५/०७६

मेसिनरी तथा पावर व्याकअप खरिद

१४४२४७७।८८

४३०००।००