FAQs Complain Problems

बैठक नं.३३(२०७५।०३।१३)

प्रस्तावः (कार्यपालिका बैठक नं. ३३ मिति २०७५।०३।१३ गते बुधबार)

 

  1. योजना संसोधन/परिवर्तन सम्बन्धमा।
  2. ८ नं. वडाको सीमाना हेरफेरसम्बन्धमा।
  3. माध्यमिक विद्यालय (कक्षा 11) को अनुमति दिने सम्बन्धमा।

 

निर्णयहरुः

निर्णय नं. १

६ नं. वडा कार्यालयको च.नं. १०७४ र मिति २०७५।०३।१३ को पत्रानुसार आ.व. २०७४।०७५ को नगरपरिषदबाट रु ७०००००।-(सात लाख) ट्रान्सफर्मर खरिदका लागि विनियोजन भएकोमा सो ट्रान्सफर्मर विद्युत प्राधिकरणबाट जडान भएकाले ट्रान्सफर्मर खरीद शीर्षकमा रहेको रकमलाई परिवर्तन गरी दिन अनुरोध भई आएकोमा मेशिनरी सामान खरीद शीर्षकमा परिवर्तन गरी मोटर जिआई पाईप र आवश्यक पर्ने सामान खरिद गर्न इष्टिमेट गरी  कार्यान्वयन गर्न स्विकृत दिने निर्णय गरियो।

निर्णय नं. २

वडा नं. ८ को ढिकपुर गाउँलाई वडा नं. ८ बाट हटाई वडा नं. ९ मा गाभ्न उपयुक्त हुने सम्बन्धित स्थानीय बासीको मागर सम्बन्धित दुवै वडाहरुको सिफारिस भएकोले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६ बमोजिम सीमाना हेरफेर गर्न प्रदेश सरकारमा पठाउन नगरसभाको स्वीकृतिको लागि नगरसभामा पेश गर्ने निर्णय गरियो।

निर्णय नं. ३

      माध्यमिक विद्यालय (कक्षा ११) को लागि नयाँ अनुमती दिन तथा थप कक्षा संचालनका लागि विद्यालयहरुले अनुमति मागेको सन्दर्भमा प्रचलनमा रहेको कानून, नियम, कार्यविधि तथा मापदण्डका आधारमा यस उपमहानगरपालिकाले अवलम्वन गर्नुपर्ने नीति, मापदण्ड समेत तयार गरी अनुमति मागेका विद्यालयलाई अनुमति प्रदान गर्ने सन्दर्भमा सिफारिस गर्ने गरी तपसिलको कार्यदल गठन गर्ने निर्णय गरियो। उक्त कार्यदलबाट प्राप्त सिफारस नगर प्रमुखबाट स्वीकृत भएपश्चात उपमहानगरपालिकाको कार्यालयबाट कार्यान्वयन गर्ने गराउने निर्णय गरियो।

  •  

श्री भरतमणि अर्याल,             –  संयोजक

श्री राममणि पाण्डे,               –  सदस्य  

श्री विष्णुमणि दाहाल,             –  सदस्य

श्री खोपीराम चौधरी,              –  सदस्य

श्री सम्बन्धीत वडाको वडा अध्यक्ष,–सदस्य

इ. श्री रामधन श्रेष्ठ ,– सदस्य

         शा.अ. श्री नारायण प्रसाद पौडेल,     – सदस्य सचिव (शिक्षा शाखा)