FAQs Complain Problems

बैठक नं. ३०(२०७५।०२।२९)

प्रस्ताव

  1. शिक्षक दरबन्दी मिलान सम्बन्धमा,
  2. विकास निर्माण सम्बन्धमा,
  3. विविध सम्बन्धमा।

 

निर्णयहरुः

 

निर्णय नं.1

स्थानीय सरकार संचालन ऐन, 2074 को परिच्छेद 3 को दफा 11 ज को 11 मा सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान गर्ने व्यवस्था भए बमोजिम यस घोराही उप महानगरपालिका अन्तर्गतका विद्यालयका शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धमा यस शैक्षिक शत्रको विद्यार्थी संख्याको आधारमा मिति 2073।12।09 मा शिक्षा मन्त्रालय (माननीय मन्त्रिस्तर) बाट स्वीकृत दरबन्दी मिलानको निर्देशन एवं अन्य स्थानीय, भौगोलिक आदिलाई मध्यनजर गरी दरबन्दी एवं विद्यालय मर्ज सम्वन्धमा कार्य गर्न मापदण्ड तथा आधारहरु तय गरी ५ (पाँच) दिन भित्र उपमहानगरपालिकाका प्रमुख समक्ष सिफारिश गर्ने गरी तपसिलको कार्यदल गठन गर्ने निर्णय गरियो । उक्त कार्यदलबाट प्राप्त सिफारिश प्रमुखबाट स्वीकृत भएपश्चात उपमहानगरपालिकाको कार्यालयबाट कार्यान्वयन गर्ने गराउने निर्णय गरियो । 

  •  

श्री भरतमणि अर्याल, संयोजक

श्री राममणि पाण्डे, सदस्य

श्री विष्णुमणि दाहाल, सदस्य

श्री खोपिराम चौधरी, सदस्य

श्री नारायण पौडेल, सदस्य सचिव -शा.अ._

निर्णय नं. 2

कार्यपालिकाको मिति २०७५।२।९ -बैठक नं. २८_ को निर्णय नं. ६ अनुसार योजना तथा कार्यक्रमहरुको सम्झौता २०७५ साल जेठ २० गतेसम्म गर्ने भनिएकोमा केही उपभोक्ता समितिले लागत सहभागिता रकम जम्मा गरिसकेको तर उक्त अवधिभित्र सम्झौता हुन नसकेको अवस्था रहेकोले मिति २०७५ जेठ ३१ गते १ बजेभित्र लागत सहभागिता रकम जम्मा गरिसकेका समितिका हकमा मात्र यही महिनाको ३१ गतेभित्र सम्झौता गर्ने अख्तियारी उपमहानगरपालिकाको कार्यालयलाई दिने निर्णय गरियो ।

निर्णय नं. 3

१३ नं. वडा कार्यालयको च.नं. १८०१ मिति २०७५।२।२२ को पत्रबाट दलित महिलाहरुलाई सिलाई कटाई तालिममा विनियोजित रु. एक लाख पचास हजार रकम दलित महिलाहरुलाई उदघोषण तालिम संचालनका लागि रकामान्तर गर्न स्वीकृति दिने निर्णय गरियो ।

निर्णय नं. 4

श्री माध्यमिक विद्यालय डाँडागाउँ, गोग्लिलाई कार्यपालिकाको मिति २०७५।२।९ -  बैठक न. २८_ को निर्णय नं. ७ अनुसार 5(पाँच लाख) बरावरको मेसिन उपकरण उपलब्ध गराउने निर्णय गरिएकोमा यस उपमहानगरपालिकामा विनियोजन भएको रकम मध्येबाट बचत भएमा रकमान्तर गरी उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. 5

 

19‌ नं. वडा कार्यालयको च.नं. 583 मिति २०७५।२।२0 को पत्रबाट वडा स्तरिय योजना युवाको लागि खेलकुद मैदान संरक्षण तथा भलिबल प्रतियोगीता शिर्षकबाट 2075 मेयर रनिङ कप फुटबल संचालनको लागि खर्च गर्न अनुरोध भइ आएकोमा स्वीकृति प्रदान गर्ने निर्णय गरियो ।

निर्णय नं. 6

 

चालु आ. व. मा सञ्चालन भैरहेका विकास निर्माणका कार्यहरुको नगर कार्यपालिका सदस्यहरु तथा सम्बन्धित कर्मचारीहरुबाट नियमित रुपमा निरीक्षण तथा अनुगमन गर्ने निर्णय गरियो।

निर्णय नं. 7

   यस उपमहानगरपालिकाभित्र विभिन्न व्यवसाय गरी बसेका कतिपय व्यवसायीहरु हालसम्म पनि यस उपमहानगरपालिकामा दर्ता भएको नपाइएकोले यथाशिघ्र दर्ता गर्न गराउन उद्दोग बाणिज्य संघहरु तथा अन्य व्यवसायिक संघहरुलाई पत्राचार गर्ने । साथै एफएम रेडियोहरु मार्फत व्यवसाय अनिवार्य दर्ता गर्न तथा व्यवसाय कर तिर्न प्रचारप्रसार गर्ने । विद्यमान अनुगमन संयन्त्रलाई अझ सक्रिय बनाई नियमित रुपमा अनुगमन गर्ने गराउने निर्णय गरियो ।

निर्णय नं. 8

 

वर्षातको समयमा हुन सक्ने प्रकोपहरुबाट बच्न स्थानीयबासीलाई पूर्व सावधानी अपनाउन   सबै वडा अध्यक्षहरुले आ-आफ्नो क्षेत्रभित्र विशेष सावधानी तथा सजकता अपनाउने ।

निर्णय नं. 9

 

यस उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर हुनुभएका नेपाल  सरकारका सहसचिव (रा.प.प्रथम श्रेणी) श्री चक्र पाणी पाण्डेलाई स्वागत गर्नुका साथै कार्यकाल सफलताको कामना गरियो ।