FAQs Complain Problems

बैठक नं. 48 (मिति २०७५/११/१६ )

प्रस्तावः कार्यपालिका बैठक नं. 48 (मिति 2075/11/16 गते बिहीवार)

  1. शोक प्रस्ताव पारित सम्बन्धमा,

 

निर्णयहरु

निर्णय नं. 1

  1. घोराही  उपमहानगरपालिकाको नगरकार्यपालिकाको तर्फबाट संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय  रविन्द्र अधिकारी र अन्य 6 जना विशिष्ट व्यक्तित्वहरुको मिति 2075/11/15 गते ताप्लेजुङको पाथिभरा  मन्दिर नजिकै दाह्रे ढुंगामा एअर डाइनास्टीको हेलिकोप्टर दुर्घटना भएर भएको दुःखद निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै 1 मिनेट मौनधारण गरियो।    
  2. संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारी र अन्य 6 जना विशिष्ट व्यक्तित्वहरु उपमहानिर्देशक, उड्डयन प्राधिकरणका श्री वीरेन्द्र श्रेष्ठ, नेपाल सरकारका उपसचिव श्री युवराज दाहाल, पाइलट श्री प्रभाकर के.सी., पर्यटन व्यवसायी श्री आङछिरीङ शेर्पा, निर्देशक, उड्डयन प्राधिकरणका श्री ध्रुव भोछिभोया र सुरक्षाकर्मि तथा अङ्ग रक्षक श्री अर्जुन घिमिरेको मिति 2075/11/15 गते ताप्लेजुङको पाथिभरा  मन्दिर नजिकै दाह्रे ढुंगामा एअर डाइनास्टीको हेलिकोप्टर दुर्घटना भइ भएको दुःखद निधनले हामी अत्यन्त मर्माहत एवं स्तब्ध भएका छौँ। उहाँहरुको निधनले यस उपमहानगरपालिका लगायत सम्पूर्ण देसबासी नेपाली जनताहरुले विकास प्रेमि योद्धा, उदयिमान नेता, अपराजित योद्धा, सबैको आशाको धरोहर व्यक्तित्वहरु, नेपालको तारा राष्ट्रकै गहनालाई गुमाएका छौँ। जस्ले जनताको हक हित र अधिकारका लागि सधै लडिरहे कहिल्यै नागरिकको कुभलो नचिताउने, सधै नागरिकहरुको मन जित्न सफल र जितिरहने आज उनै महान व्यक्तित्वलाई गुमाउदा अत्यन्तै दुःखीत तुल्याएको छ। दिवंगत मन्त्री र अन्य 6 जना विशिष्ट व्यक्तित्वहरुप्रति घोराही उपमहानगरपालिका नगरकार्यपालिकाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गर्ने निर्णय गरियो।
  3. प्रदेश नं. 5 दाङ क्षेत्र नं. 3 (ख) का प्रदेश सभासदस्य माननीय उत्तर कुमार वलीज्यूको मिति 2075/10/24 गते भएको सडक दुर्घटनामा परी गम्भिर घाइते भइ उपचारको क्रममा मिति 2075/11/10 गते शुक्रवार भएको असामयिक निधनप्रति घोराही उपमहानगरपालिका नगरकार्यपालिका लगायत सम्पूर्ण घोराही उपमहानगरपालिका बासीहरुलाई स्तब्ध बनाएको छ। दिवंगत माननीय प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गर्ने निर्णय गरियो।