FAQs Complain Problems

बैठक नं. २८(२०७५।०२।०९)

 प्रस्ताव:

  1. अस्थायी सेवा अवधि गणना सम्वन्धमा
  2. मेयर कप फुटबल संचालन सम्वन्धमा
  3. नेशनल ट्रेडिङ र जनकपुर चुरोट कारखानाको जग्गा उपयोग सम्वन्धमा
  4. नेत्रलाल फाउन्डेसनको भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने सम्वन्धमा
  5. नारायणपुर स्वास्थ्य चौकीको घरभाडा सम्वन्धमा
  6. योजना सम्झौता सम्वन्धमा
  7. श्री माध्यामिक विद्यालय डाँडागाउँ गोग्लीलाई मेसिनरी औजार (कम्प्युटर, प्रिन्टर आदि) उपलब्ध गराउने सम्वन्धमा

 

निर्णय नं. १:

घोराही उपमहानगरपालिकामा कार्यरत संलग्न विवरण अनुसारका कर्मचारीहरुले हामीहरुको नोकरी अवधि स्थायी हुनु भन्दा पहिले अस्थायी रुपमा नियुक्त भै यसै कार्यालयमा निरन्तर रुपमा काम गरेको सेवा अवधिलाई स्थायी सेवा अवधिमा गणना गरि पाउँ भनि मिति २०७४/४/३२ मा निवेदन पेश भएको | सो सम्वन्धमा कर्मचारीले अस्थायी रुपमा काम गरेको सेवाको निरन्तरता र प्रचलित कानुनलाई समेत विश्लेषण गरि सेवा अवधि गणना गर्न उपयुक्त हुने कानुनी सल्लाहकारको राय समेत प्राप्त भएको हुँदा कर्मचारी प्रशासन सम्वन्धि विनियम २०६५ परिच्छेद ८, ४६(१) बमोजिम उपदान प्राप्त गर्ने प्रयोजनका लागि सेवा अवधि गणना गर्ने निर्णय गरियो |

 

निर्णय नं. २ :

घोराही उपमहानगरपालिका भित्र रहेका विभिन्न खेलमा आवद्ध प्रतिभावान युवा खेलाडीहरुलाई खेलकुदको माध्यमबाट एकताबद्ध गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न घोराही उपमहानगरपालिकाको तर्फबाट विभिन्न खेल तथा खेलाडीहरुलाई प्रोत्साहन गरिदै आएको छ | यसै सन्दर्भमा घोराही उपमहानगरपालिका भित्र फुटबल खेल तथा फुटबल खेलका संरचनाहरु विकास गरि फुटबल खेलाडीहरुमा रहेको प्रतिभाहरुलाई प्रष्फुटन गर्ने उद्देश्यका साथ घोराही उपमहानगरपालिकाको आयोजनामा मिति २०७५ जेठ २५ गते देखि घोराही नगरस्तरीय रनिङ मेयर कप फुटबल खेल संचालन गर्ने निर्णय गरियो | खेलकुद संचालन र व्यवस्थापनमा सहयोग पुर्याउन निम्न ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरियो |

तपशिल:

१. खोपिराम चौधरी, वडाध्यक्ष -७: संयोजक

२. केशवराज आचार्य, वडाध्यक्ष-२: सदस्य

३. चित्र बहादुर डाँगी, वडाध्यक्ष-१० : सदस्य

४. शक्तिराम डाँगी, वडाध्यक्ष-१४ : सदस्य

५. रमेश कुमार पाण्डेय, वडाध्यक्ष-१५ : सदस्य

६. लछिन प्रसाद बुढा, वडाध्यक्ष-१६ : सदस्य

७. माया रावत, कार्यपालिका सदस्य : सदस्य

 

निर्णय नं. ३ :

घोराही उपमहानगरपालिका भित्र रहेको नेसनल ट्रेडिङ लिमिटेड र जनकपुर चुरोट कारखानाको जग्गा खोजी गर्न नगर कार्यपालिकाको मिति २०७४/१०/२९, बैठक नं. २० बाट हरि घर्ति वडा नं. १३ का वडा सदस्य संयोजक रहने गरि ३ सदस्यीय समिति गठन भएको | समितिले उपर्युक्त संस्थाहरुको जग्गा खोजी गरि प्रतिवेदन समेत पेश गरि सकेको हुँदा प्रतिवेदनमा उल्लेखित उपर्युक्त संस्थाका जग्गाहरु घोराही उपमहानगरपालिकाको तर्फबाट तपशिल अनुसारको संरचना निर्माण गरि उपयोग गर्न उपयुक्त हुने देखिएकोले घोराही उपमहानगरपालिकाको स्वामित्वमा रहने गरि जग्गा प्राप्तिका लागि सम्वन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो |

  •  

सि. नं.

जग्गाको विवरण

जग्गाको स्वामित्व रहेको संस्थाको नाम

उपयोगिता

 

स्थान

वडा नं.

कित्ता नं.

क्षेत्रफल

 

 

 

घोराही उ.म.न.पा

७१९

०-०-१६.५०-०

नेशनल ट्रेडिङ लिमिटेड

बाल उद्यान निर्माण

घोराही उ.म.न.पा

७१७

०-१-५-२

नेशनल ट्रेडिङ लिमिटेड

घोराही उ.म.न.पा

७२९

०-११-८-०

नेशनल ट्रेडिङ लिमिटेड

घोराही उ.म.न.पा

७२३

०-१-०-०

नेशनल ट्रेडिङ लिमिटेड

घोराही उ.म.न.पा

७२७

०-०-२-०

नेशनल ट्रेडिङ लिमिटेड

घोराही उ.म.न.पा

७२५

०-१-०-०

नेशनल ट्रेडिङ लिमिटेड

घोराही उ.म.न.पा

७२१

०-०-१६-२

नेशनल ट्रेडिङ लिमिटेड

घोराही उ.म.न.पा

८७६

०-०-९.५०-०

जनकपुर चुरोट कारखाना

पार्किङ व्यवस्थापन

घोराही उ.म.न.पा

८७२

०-२-०-०

जनकपुर चुरोट कारखाना

घोराही उ.म.न.पा

८७४

०-०-६.५०.०

जनकपुर चुरोट कारखाना

घोराही उ.म.न.पा

८६८

०-०-१.५०.०

जनकपुर चुरोट कारखाना

घोराही उ.म.न.पा

८७०

०-१-६.५०.०

जनकपुर चुरोट कारखाना

घोराही उ.म.न.पा

८७८

०-०-५.५०.०

जनकपुर चुरोट कारखाना

घोराही उ.म.न.पा

८८०

०-०-५.२५-०

जनकपुर चुरोट कारखाना

घोराही उ.म.न.पा

८८२

०-०-१.२५-०

जनकपुर चुरोट कारखाना

घोराही उ.म.न.पा

७६१

०-०-१.२५-०

जनकपुर चुरोट कारखाना

 

 

निर्णय नं. ४:

नेत्रलाल फाउन्डेसनको संरचना निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ४००००००|०० (अक्षरुपि चालिस लाख मात्र) बराबरको अख्तियारी प्राप्त भएको | संरचना निर्माण गर्न घोराही उपमहानगरपालिका भित्र सरकारी जग्गा खोजी गर्ने क्रममा घोराही उपमहानगरपालिकाको वडा नं. १६ तेरौटे टोल पुर्व सेवार खोला, पश्चिम कुलो, उत्तर तेरौटे जाने बाटो र दक्षिण लेखराज राईको जग्गा यति चार किल्ला भित्र रहेको नक्सा नं. ८क, ८ख कि.नं. १६६ क्षेत्रफल अन्दाजी २२ कट्ठाको सरकारी जग्गा उपयुक्त देखिएकोले उपलब्ध गराउने निर्णय गरियो |

 

निर्णय नं. ५:

घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा हाल स्वास्थ्य चौकी संचालन भैरहेको स्थानमा वडा कार्यालयको नयाँ भवन निर्माण कार्य भैरहेकोले उपचारका लागि आउने बिरामीलाई सहजरुपमा स्वास्थ्य सेवा दिन अनुकुल वातावरण नभएको हुँदा स्वास्थ्य चौकीलाई अन्य उपयुक्त ठाउँमा स्थानान्तरण गरि सेवा दिन अत्यावश्यक भएकोले घर भाडा लिइ स्वास्थ्य चौकी संचालन गर्न स्वीकृति दिने निर्णय गरियो |

 

निर्णय नं. ६:

घोराही उपमहानगरपालिकाबाट आ.व. २०७४/०७५मा स्वीकृत योजना तथा कार्यक्रमहरुको सम्झौतामा ढिलाई हुन गैरहेको सन्दर्भमा व्यापक छलफल गरियो | योजना तथा कार्यक्रममा बिलम्ब भैरहेको कारण कार्यान्वयनमा समेत समस्या पर्ने भएकोले आगामी २०७५/२/२० गते सम्म सम्झौता हुन बाँकी योजना तथा कार्यक्रमहरु अनिवार्यरुपमा सम्झौता गरिसक्नु पर्ने र सो भन्दा पछाडी कुनैपनि योजना तथा कार्यक्रम सम्झौता नगर्ने निर्णय गरियो |

 

निर्णय नं. ७:

श्री माध्यामिक विद्यालय डाँडागाउँ- गोग्लीको च.नं. ११ मिति २०७५/०१/२३ को पत्रानुसार विद्यालयमा अत्यावश्यक मेसिन उपकरण (कम्प्युटर, ल्यापटप, प्रिन्टर आदि) नभएकोले विद्यालयको समग्र शैक्षिक वातावरणमा सुधार गर्ने अभियानमा समस्या परेको हुँदा मेसिन उपकरणका लागि सहयोग माग भई आएकोले रु ५०००००|०० बराबरको मेसिन उपकरण उपलब्ध गराउने निर्णय गरियो |