FAQs Complain Problems

बैठक नं. ३१(२०७५।०३।०९)

प्रस्ताव (कार्यपालिका बैठक नं. 31)

  1. घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष 2075/076 को नीति तथा कार्यक्रम सम्बन्धमा।
  2. घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष 2075/076 को अनुमानित आय र व्यय सामान्य छलफल सम्बन्धमा ।
  3. स्वास्थ्य लाभ सम्बन्धमा।

निर्णयहरुः

निर्णय नं. १

घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष 2075/076 को नीति तथा कार्यक्रम उपर व्यापक छलफल गरी पारित गरियो । यो नीति तथा कार्यक्रमलाई नगर सभाको आजको बैठकमा नगर प्रमुख श्री नरुलाल चौधरीज्यूद्वारा प्रस्तुत गर्ने निर्णय गरियो ।

निर्णय नं. २             

घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष 2075/076 को लागि अनुमानित आय र व्यय सम्बन्धमा सामान्य छलफल गरियो ।

निर्णय नं. ३

घोराही उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु वडा नं. 3 र वडा नं. 16 का वडा  अध्यक्षद्वय श्री माधव प्रसाद चौधरी र श्री लछिनप्रसाद बुढाज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो।