FAQs Complain Problems

औषधी खरिदसम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (२०७७।०१।०३)

घोराही उपमहानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

घोराही दाङ

 

औषधी खरिदसम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

सूचना नं -४३/०७६/७७

सूचना प्रकाशित मितिः-  २०७७।०१।०३ गते

 

यस घोराही उपमहानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरुबाट निशुल्क वितरणका लागि आवश्यक औषधी  तथा ‍औषधीजन्य उपकरणहरु खरिद गर्न सो सम्बन्धी कार्य गर्न मान्यता प्राप्त फर्म/कम्पनीहरुवाट निम्न शर्तहरुको अधिनमा रही रितपुर्वकको सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरु–ः

1.        यो सूचना प्रकाशित भएको मितिले  १५ औं दिन भित्र यस घोराही उपमहानगरपालिका दाङबाट सिलबन्दी दरभाउपत्रका लागि तपशिलमा उल्लेखित बोलपत्र खरिद दस्तुर बुझाई(पछि फिर्ता नहुने गरी) बोल पत्र खरिद गर्न  चालू आ.व. को नविकरण गरिएको व्यवसायी दर्ता इजाजतपत्र, स्थायी लेखा प्रमाणपत्र तथा आ.व. २०७५।७ ६ को करचुक्ता प्रमाणपत्रको सक्कलै स्क्यान  वा नोटरीद्वारा प्रमाणित प्रतिलिपि पेश गरी  PPMO  को वेभसाइट www.bolpatra.gov.np/egp  बाट प्रकृया पुर्याई  e Bidding गर्न सकिनेछ।

2.        E Bidding का लागि नेपाल बैक घोराही शाखामा घोराही उपमहानगरपालिकाको स्थानीय तह संचित कोष खाता –नं. 0270300000000४00१0४4 मा नगदै जम्मा गरेको सक्कल भौचर स्कयान गरी राख्नुपर्नेछ र बोलपत्र विद्युतीय प्रणालीबाट मात्र खरिद गर्नुपर्ने छ ।

3.        विद्युतीय प्रणालीबाट खरिद भएका सिलबन्दी दरभाउपत्रहरु यो सूचना प्रकाशित भएको मितिले १६ औ दिनको दिनको १२ बजे  भित्र यस कार्यालयको नाममा सम्बोधन गरी कामको विवरण, बोलपत्रदाताको नाम, ठेगाना र फोन नं समेत स्पष्ट खुलाई आधिकारिक सही  र फर्मको छाप लगाई उल्लेखित वेभसाइटमा मात्र दर्ता गर्नुपर्नेछ।

4.        विद्युतीय खरिद प्रणालीबाट मात्र दर्ता भएका  सिलबन्दी दरभाउपत्रहरु सोही दिनको २ बजे बोलपत्र दाता वा निजको प्रतिनिधी र कार्यालयका प्रतनिधिहरुको रोहबरमा  खोलिनेछ । समयमा फर्मको वा निजहरुको प्रतिनिधी उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पुग्नेछैन । कारणवश बोलपत्र खरिद गर्ने दर्ता गर्ने तथा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको सोही समयमा हुनेछ।

5.        कालो सूचीमा नपरेको स्वयं घोषणापत्र बोलपत्र साथ अनिवार्य पेश गर्नुपर्ने छ ।

6.        तपशिलमा उल्लेखित धरौटी वापतको रकम यस कार्यालयको नाममा रहेको श्री नेपाल बैक लिमिटेड, घोराहीको धरौटी खाता नं 0270300000000३00000४ मा नगद जम्मा गरेको सक्कलै भौचर वा   वा यस कार्यालयको नाममा मान्यता प्राप्त वाणिज्य बैंकले जारी गरेको ग्यारेन्टी(विड वण्ड) संलग्न हुनु पर्ने छ । प्रस्ताबकको Bid validity बोलपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तीमा 120 दिनको हुनु पर्नेछ।

7.        कवोल अंकको दररेट अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नु पर्नेछ । केरमेट भएमा केरमेट भएको स्थानमा सहिछाप गर्नु पर्नेछ।दररेट रकम अंक र अक्षरमा फरक पर्न आएमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ ।औषधीमा भ्याट लाग्ने र नलाग्ने सम्बन्धमा स्पष्ट खुलाउनुपर्नेछ ।

8.        आपूर्ति हुने सामाग्रिको प्रत्येक प्याकिङमा प्याकिङको बाहिर उत्पादन मिति, Expiry Date, ब्याच नं उल्लेख भएको हुनुपर्नेछ । सामाग्रिहरुको Expiry date घोराही उपमहानगरपालिकामा दाखिला हुने समयमा कम्तिमा १८ महिना बाँकी रहेको हुनुपर्नेछ । तर कुनै सामाग्रिको Expiry date १८ महिना भन्दा कम हुने भएमा Expiry date को ७५ प्रतिशत म्याद बाँकी रहेको हुनुपर्नेछ ।

9.        एक फर्मको नाममा खरिद गरिएको सिलबन्दी दरभाउपत्र फाराम अर्को फर्मको नामबाट दाखिला गर्न पाईने छैन।

10.      सिलबन्दी दरभाउपत्र पूर्ण वा आंशिकरुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ।

11.      अन्य कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ वमोजिम हुनेछ। अन्य कुराहरु बोलपत्र फाराममा उल्लेख भए वमोजिम हुनेछ ।

12.      थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क राख्न सकिने छ साथै यो सुचना घोराही उपमहानगरपालिकाको वेभसाइट www.ghorahimun.gov.np बाट समेत डाउनलोड गरी हेर्न सकिनेछ ।

बोलपत्र नं

सामानको विवरण

ल.इ(मू अ क बाहेक )

धरौटी रकम

बोलपत्र खरिद दस्तुर

NCB/GOODS/GSMC/43/2076/077

Medicine

2908016

75000

1000