FAQs Complain Problems

कार्यपालिका बैठक नं. ३ (२०७४।०४।१९)

कार्यपालिका बैठक नं. ३ का निर्णयहरु ।

१) स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ को २.१ अनुसारको राजस्व परामर्श समिति गठन गरी उक्त समितिमा देहाय बमोजिमका सदस्यलाई मनोनयन गर्ने निर्णय भयो ।

  • नगर कार्यपालिकाका सदस्य श्री पवित्रा विक
  • नगर कार्यपालिकाका सदस्य श्री मान बहादुर बस्नेत

 

२) स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ को दफा २.२ अनुसारको श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गर्ने र उक्त समितिमा देहाय बमोजिमका सदस्यलाई मनोनयन गर्ने निर्णय भयो।

  • नगर कार्यपालिकाका सदस्य श्री चित्र बहादुर डाँगी
  • नगर कार्यपालिकाका सदस्य श्री जितेन्द्रमान नेपाली
  • नगर कार्यपालिकाका सदस्य श्री पशुपति चौधरी 

   ३) घोराही उपमहानगरपालिकाको मिति २०७४।४।१ गते बसेको नगर कार्यापालिकाद्धारा पारित कार्यसम्पादन नियमावीको दफा १५ बमोजिमका कार्यापालिकाका समितिहरु गठन गरी देहाय बमोजिमका सदस्यहरुलाई संयोजक चयन गर्ने निर्णय गरियो । 

  • सार्जजनिक सेवा तथा क्षमता विकास समितिमा श्री खोपीराम चौधरी
  • आर्थिक विकास समितिमा श्री राममणि पाण्डेय
  • सामाजिक विकास समितिमा श्री भरतमणि अर्याल
  • पूर्वाधार विकास समितिमा श्री लछिनप्रसाद बुढा
  • वातावरण तथा विपत व्यवस्थापन समितिमा श्री शक्तिराम डाँगी
  • विधेयक समितिमा श्री रमेशकुमार पाण्डेय । यस सम्बन्धि अन्य व्यवस्था अर्को वैठकबाट निर्धारण गर्ने निर्णय गरियो ।

४) स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ को दफा २.३ अनुसारको  बजेट तथा कार्यक्रम तर्जुमा  समिति गठन गर्ने र उक्त समितिमा निर्णय नं ३ का संयोजकहरु स्वत: सदस्य रहने व्यवस्थालाई अनुमोदन गर्ने निर्णय गरियो । निर्णय नं  १, २ र ३ बमोजिम गठन भएका समितिको वैठक तत्काल बसी स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शनमा उल्लेख भएका तत तत समितिका काम, कर्तव्य र अधिकार बमोजिमका कार्यहरु सम्पादन गरी तत तत समितिमा पेश गर्ने निर्णय भयो।

५) आर्थिक वर्ष २०७४।०७५ को बजेट,  नीति, कार्यक्रम,  बजेट सिलिङ्ग लगायतका विषयमा छलफल भयो । वडागत बजेट तर्जुमा गर्दा रु एक करोड बजेटको सीमा भित्र रही श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिद्धारा निर्धारण भएका बजेट तर्जुमा मार्ददर्शन अनुसार बजेट तर्जुमा गरी श्रावण २५ गते भित्र नगरपालिकामा पेश गर्ने निर्णय भयो । घोराही उपमहानगरपालिका भित्रका सडकहरुमा परेका खाल्डाखुल्डीलाई पुर्नको लागि सम्बन्धित वडा अध्यक्षद्धारा गरिएको एकमुष्ट सिफारिका आधारमा नगरपालिकाले नियमानुसार, बजेटको परिधिभित्र रही समानुपातिक रुपमा सम्वोधन गर्ने निर्णय गरियो । आजको छलफलमा उठेका विषयहरुलाई नगरपालिकाले लिपीवद्ध गर्ने र अर्को वैठकमा पेश गर्ने निर्णय गरियो । घो.उ.म.न.पा. को वडा नं १८ को मसिना हुँदै वडा नं १९ को वडा कार्यालयसम्म पुग्ने मोटरबाटोलाई आगामी वडा दशैसम्म नगरपालिका कार्यालयबाट स्तरोउन्नती गर्ने निर्णय गरियो ।

६) यस घोराही उपमहानगरपालिकामा विगत १९ वर्ष देखि कानूनी सल्लाहाकारका रुपमा सेवा पुर्याउनु भएका श्री अनिरुद्र गिरीले यस नगरपालिकाकामा दिनु भएको राजिनामा स्वीकृत गर्ने र उहाँले पुर्याउनु भएको  कानूनी परामर्शको उच्च मूल्याँकन गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो । साथै अर्को व्यवस्था नभएसम्मका लागि उपमहानगरपालिकाको कानूनी सल्लाहाकारमा श्री अधिवक्ता श्री भूपबहादुर केसीलाई नियुक्ति गर्ने निर्णय गरियो ।

७) यस उपमहानगरपालिका कार्यपालिकाका सदस्य श्री लछिनप्रसाद बुढामगरकी ममतामयी माता श्री विष्णु बुढामगरको ७१ बर्षको उमेरमा मिति २०७४।४।१८ गते भएको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना  सहित शोकप्रस्ताव पारित गर्ने निर्यण गरियो । त्यसैगरी उपमहानगरपालिका कार्यालयमा कार्यरत नायव सुब्बा श्री शेरबहादुर थापाका एक मात्र छोरा श्री अंकित थापाको २९ वर्षको कलिलो उमेरमा भएको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना सहित शोकप्रस्ताव पारित गर्ने निर्यण गरियो ।