FAQs Complain Problems

कार्यपालिका बैठक नं. ५ (२०७४।०४।२९)

कार्यपालिका बैठक नं. ५ (२०७४।०४।२९) का निर्णयहरु ।

निर्णय:

स्थानीय स्वायत्त शासन नियमावली २०५६ (आठौ संशोधन) को नियम २२५ ख बमोजिम शैक्षिक योग्यता, सेवा अवधि र कार्यसम्पादन मूल्याँकन लगायतका सम्पूर्ण बढुवा योग्यताका आधारमा घोराही  उपमहानगरपालिकाको पदपूर्ति समितिको मिति २०७४।४।२८ गतेको निर्णयानुसार सिफारिस एवं मिति २०७४। ४। २९ गतेको नगर प्रमुखको निर्णयानुसार पेश  भई आएका तपशील बमोजिमका कर्मचारीहरुको एक तह बढुवा गर्ने र स्थानीय स्वायत्त शासन नियमावली २०५६ (आठौ संशोधन) को नियम २२५ ख १ अनुसार समायोजन गर्ने निर्णय भयो।

  •  

नाम थर

हालको तह

बढुवा हुने तह

  •  
  •  

तिलकबहादुर केसी

सहायक स्तर चौथो

सहायक स्तर पाँचौँ

 

  •  

नेपालमायाँ श्रेष्ठ

सहायक स्तर चौथो

सहायक स्तर पाँचौँ

 

  •  

प्रेमबहादुर केसी

सहायक स्तर पाँचौँ

अधिकृत स्तर छैठौँ

 

  •  

प्रतलाकुमारी देवकोटा

सहायक स्तर पाँचौँ

अधिकृत स्तर छैठौँ

 

 

निर्णय २

आर्थिक वर्ष २०७४।०७५ को नगर सभा भाद्र ३ गते आयोजना गर्ने र चालु आ. व. को नीति तथा कार्यक्रमको लागि सुझाव प्राप्त गर्न श्रावण ३२ गते पूर्व बजेट छलफल कार्यक्रम नगरपालिकाको हलमा आयोजना गर्ने निर्णय गरियो । 

 

 

निर्णय ३

अविरल वर्षाको क्षतिबाट सुरक्षित रहनको लागि सबै जनप्रतिनिधिहरुले आफ्नो आफ्नो वडा र क्षेत्रमा रहेका बासिन्दाहरुलाई सजग रहनको लागि आव्हान गर्ने । जनप्रतिनिहरुले कुनै आकस्मिक सेवा पुर्याउनु पर्ने भएमा नगरप्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत वा अन्य अधिकृतसँग समन्वय गरी आवश्यक आकस्मिक कार्यहरु गर्ने निर्णय गरियो । साथै

अविरल वर्षाबाट पुगेको क्षतिको अनुगमन गरी प्रतिवेदन पेश गर्नको लागि वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक श्री शक्तिराम डाँगीको संयोजकत्वमा कार्यपालिकाका विषयगत समितिका संयोजकहरु रहने गरी ६ सदस्यीय समिति गठन गर्ने र उक्त समितिले तत्काल कार्य प्रारम्भ गरी प्रतिवेदन पेश गर्ने र प्राप्त प्रतिवेदन उपर नगरप्रुमखको निर्णय अनुसार अन्य कार्य गर्ने ।

घोराही उपमहानगरपालिका वार्ड नं १२ निवासी वर्ष ३३ की  निर्मला वाठाको मिति  २०७४।४। २९ गतेको अविरल वर्षाको कारण आएको बाढीले बगाई मृत्यु भएको हुँदा निजको परिवारलाई रु पच्चिस हजार तत्काल राहत स्वरुप उपलब्ध गराउने निर्णय गरियो । साथै निजको सम्बन्धमा थप राहतका लागि अन्य निकायमा आवश्यक सिफारिस गर्ने निर्णय समेत गरियो । निज श्री निर्मला वाठाको प्राकृतिक विपतबाट भएको दु:खत निधनप्रति भावपूर्ण श्रद्धान्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्ने निर्णय गरियो ।