FAQs Complain Problems

घोराही नगरपालिकाको ३९ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

घोराही नगरपालिकाको ३९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ  | ३९ औं स्थापना दिवसको उपलक्ष्यमा २०७३ माघ १२ गते अन्तर विद्यालय  नृत्य प्रतियोगिताको आयोजना गरियो भने माघ १३ गते अन्तर विद्यालय  हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो  |  स्थापना दिवस मनाउने क्रममा २०७३ माघ १४ गते सरसफाई कार्यक्रम र रक्तदान कार्यक्रम आयोजना गरियो | स्थापना दिवसको मूल समारोह २०७३ साल माघ १५ गते नगरपालिकाको सभाकक्षमा संस्कृतिक कार्यक्रमको आयोजना  गरेर उत्कृष्ट कर्मचारी, जेष्ठ नागरिक, पत्रकार, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट टोल विकास संस्था, उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरी मनाइयो | मूल समारोहको अध्यक्षता घोराही नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले गर्नु भएको थियो भने प्रमुख अतिथि माननीय सांसद अनिता देवकोटा  ज्यू हुनुहुन्थ्यो |