सूचना
द्वन्द्व प्रभावित व्यक्तिहरुलाई स्वरोजगार सामाग्रिहरु बुझ्न आउने सम्बन्धी सूचना
घोराही उपमहानगरपालिका
नगर कार्यपालिकाकाको कार्यालय
५नं प्रदेश दाङ
 
 
 
द्वन्द्व प्रभावित व्यक्तिहरुलाई स्वरोजगार सामाग्रिहरु बुझ्न आउने सम्बन्धी सूचना
प्रकाशित मितिः- २०७६।०३।१२
विगत दश बर्षे द्वन्द्वबाट प्रभावित भई सीपमूलक तालिमहरु लिएका व्यक्तिहरुलाई स्वरोजगार गराई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम अनुसारका सामाग्रिहरु वितरण गर्न प्रदेश नं ५, आन्तरिक मामीला तथा कानून मन्त्रालयबाट बजेट निकासा भई आएकोले घोराही उपमहानगरपालिका अन्तरगतका द्वन्द्व प्रभावितहरु आफ्नो नागरिकताको प्रमाणपत्र सहित २०७६ असार २५ गते भित्र घोराही उपमहानगरपालिकाको आन्तरिक व्यवस्थापन तथा खरिद शाखामा सामाग्रिहरु बुझ्नका लागि सम्पर्क राख्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
-प्रमुख प्रशासकीय अधिकृत
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        