FAQs Complain Problems

विश्व सरसफाइ दिवस, २०७५ मनाउने सम्बन्धी घोराही उप–महानगरपालिकाको विशेष आव्हान

    विश्व सरसफाइ दिवस, २०७५ मनाउने सम्बन्धी घोराही उप–महानगरपालिकाको विशेष आव्हानः
विश्व सरसफाई दिवस, २०१८ (भाद्र ३०, २०७५) मनाउने सन्दर्भमा नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अनुसार तपसिलका साप्ताहिक क्रियाकलापहरुको आयोजना गरी यस घोराही उप–महानगरपालिका क्षेत्र भर विशेष रुपमा मनाउने निर्णय बमोजिम आयोजित कार्यक्रमहरुमा सबै नगरवासी आमा, वुवा, दाजु, भाइ तथा दिदी, वहिनीहरु सक्रिय रुपमा सहभागी भइदिनुहुन विशेष आव्हान गर्दछु । 
(क) पहिलो दिन (२०७५।५।२४) घर सरसफाई दिवस ः
उक्त दिन यस उप–महानगरपालिका क्षेत्र अन्तर्गतका प्रत्येक टोल विकास संस्थाहरुलाई परिचालन गरी यस घोराही उप–महानगरबासीहरु सहभागी भई आ–आफ्नो घर प्राङ्गणमा विशेष सरसफाई गर्नेे  । 
(ख) दोस्रो दिन (२०७५।५।२५) शैक्षिक संस्था सरसफाई दिवस ः 
उक्त दिन यस उप–महानगरपालिका क्षेत्र अन्तर्गतका सबै सार्वजनिक र निजी शैक्षिक संस्थाहरुमा ब्यबस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागितामा विशेष सरसफाई गर्ने र सोको लागि वडा अध्यक्षले आ–आफ्नो वडामा बैठक बसाई सरसफाई कार्यक्रम लागू गराउने एवं आफैले अनुगमन गर्ने  ।
(ग) तेस्रो दिन (२०७५।५।२६) सार्वजनिक संस्था सरसफाई दिवस ः 
उक्त दिन यस उप–महानगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालयहरु तथा सार्वजनिक संस्थाहरुमा त्यहाँ कार्यरत कर्मचारीहरुको सहभागितामा विशेष सरसफाई गर्ने र सार्वजनिक संस्थाहरुमा टोल विकास संस्थाहरुलाई समेत परिचालन गरी विशेष सरसफाई गर्ने  । 
(घ) चौथो दिन (२०७५।५।२७) धार्मिक स्थल सरसफाई दिवस ः 
उक्त दिन यस उप–महानगरपालिका क्षेत्र अन्तर्गतका सबै धार्मिक स्थलहरुमा तत् तत् स्थलका व्यवस्थापन समितिको अगुवाईमा स्थानीय जनताहहरुको सहभागितामा विशेष सरसफाई गर्ने । साथै, उक्त धार्मिक स्थल व्यवस्थापन समितिका अध्यक्ष र सचिवसँग बैठक बसी छलफल गर्ने  । 
(ङ) पाचौं दिन (२०७५।५।२८) नदीनाला सरसफाई दिवस ः 
उक्त दिन यस उप–महानगरपालिका क्षेत्र अन्तर्गतका सबै साना ठुला खोला, खोल्सी र नदीनाला, ताल र दहहरुमा टोल विकास समितिहरु मार्फत् आ–आफ्नो पाइपर्ने क्षेत्र भित्र स्थानीय जनताहरुको सहभागितामा विशेष रुपमा सरसफाई गर्ने  । 
(च) छैठौं दिन (२०७५।५।२९) सरसफाइ कार्यक्रमको अनुगमन ः 
उक्त दिन यस उप–महानगरपालिकाका पदाधिकारी तथा वडाका वडा अध्यक्ष र सदस्यहरुबाट विशेष रुपमा सरसफाई कार्यहरुको अनुगमन गर्ने  । 
(छ) सातौं दिन (२०७५।५।३०) सडक सरसफाई र बृहद सरसफाई दिवस ः 
उक्त दिन यस उप–महानगरपालिका क्षेत्र अन्तर्गतका सबै सडक तथा बाटोघाटोहरु टोल विकास समितिहरु मार्फत् स्थानीय जनताहरुको सहभागितामा विशेष रुपमा सरसफाई गर्ने । साथै, सरसफाईसँग सम्बन्धित विशेष कार्यक्रम गरी दिवस मनाउने । 

(नरुलाल चौधरी)
प्रमुख
घोराही उप–महानगरपालिका
दाङ