FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम दर्ता तथा नवीकरण बारे सूचना

'घोराही उप-महानगरपालिकामा स्थाई बसोबास गर्ने जेष्ठ नागरिक लगायतका लक्षित समूहका नागरिकहरुलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्ता आगामी आ.व.को साउन १ गते देखि पाउन सो तपसिल बमोजिमको शर्त पूरा गरेका योग्य र इच्छुक नागरिकहरुले २०७४ मार्ग १५ गते भित्र घोराही उप-महानगरपालिका , वडा कार्यालयहरुमा रित पूर्वक दरखास्त दिनु हुन सूचित गरिन्छ । हाल भत्ता पाइरहेका नागरिकहरुले समेत आगामी आ.व. मा भत्ता लिन चाहेमा नविकरणका लागि दरखास्त दिनु पर्नेछ । यो सूचना बमोजिम दर्ता तथा नवीकरणका लागि दरखास्त नदिने नागरिकहरुले २०७५ साउन देखि भत्ता प्राप्त गर्न नस्कने व्यहोरा समेत जानकारी गरिन्छ ।

दरखास्त फाराम निशुल्क उपलब्ध गराइनेछ । थप जानकारीका लागि वडा कार्यालयहरुमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।

तपसिल

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु

  • ७० वर्ष नाघेका जेष्ठ नागरिक
  • ६० वर्ष नाघेका दलित जेष्ठ नागरिक
  • पतिको मृत्यु भएका जुनसुकै उमेरका विधवा
  • ६० वर्ष नाघेका अविवाहित वा सम्बन्ध विच्छेद भएका एकल महिला
  • महिला तथा बालबालिका कार्यालयबाट रातो रंगको अपाङ्गता परिचयपत्र प्राप्त गरेका पूर्ण अशक्त अपाङ्गता भएका
  • महिला तथा बालबालिका कार्यालयबाट निलो रंगको अपाङ्गता परिचयपत्र प्राप्त गरेका अति अशक्त अपाङ्गता भएका
  • लोपोन्मुख आदिवासी जनजाति नागरिक
  • ५ वर्ष मुनिका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका
  • अघिल्लो वर्षको आषाढ मसान्त भित्र ७० वर्ष पूरा भई चालु आ.व.को भत्ता पाउने सूचीमा समावेश भएका जेष्ठ नागरिकहरुलाई उपचार खर्च ।

नोट : राज्य कोषबाट मासिक रुपमा तलब, भत्ता, पेन्सन लगायत अन्य कुनै सामाजिक सुरक्षा सम्बन्धी सुबिधा पाइरहेका नागरिकहरुले सामाजिक सुरक्षा भत्ता नपाउने ।