FAQs Complain Problems

जनसहभागीतामा आधारित सौर्य सडक बत्ती बारे सूचना । (प्रथम पटक प्रकाशित मिति २०७३।५।३)

जन सहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम अन्तर्गत यस नगरपालिमा (वारेन्टी सहित) बमोजिममका सौर्य सडक बत्ती टोलमा जडान गर्नु पर्ने भएकोले इच्छुक   उपभोक्ता समितिहरु, नागरीक सचेतना केन्द्र, टोल विकास संस्था, वडा नागरिक मन्च,संघ संस्था र सार्वजनिक निकायबाट तोकिएको लागत सहभागिता ब्यहोर्ने गरी तोकिएको निवेदन ढाचामार्फत आवेदन गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपसिलका (शर्तहरु)
१) संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्वीकृत स्पेशिफिकेशन नगरपालिकाको वेभसाइट www.ghorahimun.gov.np मा हेर्न र प्राप्त गर्न सक्नु हुनेछ ।
२) उपभोक्ता समिति, टोल विकास संस्था, वडा नागरिक सन्च. नागरिक सचेतना केन्द्र बाट लागत सहभागिता १५ प्रतिशत ब्यहोर्नु पर्ने छ ।
३) संघ संस्था र सार्वजनिक निकायबाट लागत सहभागिता ३० प्रतिशत ब्यहोर्नु पर्ने छ ।

४) आवेदन दिने अन्तिम मिति २०७३।५।१७ गते कार्यालय समय सम्म ।

५) आवेदन ढाँचा नगरपालिका कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

६) अन्य जानकारीको लागि यस कार्यालयमा कार्यालय समयमा सम्पर्क राख्न सकिनेछ ।