FAQs Complain Problems

आ.व. २०७२।७३मा सम्पादन गरेका कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा सम्पन्न । (२०७३।०५।१७)

मिति २०७३।०५।१५ मा घोराही नगरपालिकाका प्रमुख एंव कार्यकारी अधिकृत श्री तुफान सिंह के.सी. ज्यूको अध्यक्षतामा आ.व. २०७२।७३ मा सम्पादन गरेका कार्यक्रमहरुको वार्षिक पर्गति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

समिक्षा कार्यक्रमको निश्कर्षहरु तपसिल बमोजिमको रहेको जानकारी गराईन्छ ।

१) घोराही नगरपालिकाको गत आ.व. ०७२।०७3मा भएको आम्दानी, खर्च, सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको विवरण, सामाजिक सुरक्षा, पंजिकरण लगायत भएका गरेका सम्पूर्ण काम कारवाहीको विवरणका साथै समस्या चुनौती र उल्लेखनिय कार्यहरु समिक्षा वैठकमा प्रस्तुत गरियो । प्रस्तुत विवरण अनुसार नगरपालिकाको प्रगति स्थिति राम्रो रहेको पाइयो ।

२) वार्षिक प्रगति समीक्षामा उपस्थित राजनीतिक दल, संचारकर्मी, उद्योग वाणिज्य संघ, वडा नागरिक मंच लगायतबाट निम्न सल्लाह सुझाव र टिप्पणी प्राप्त भएको छ ।

  • सुरक्षित वधशाला निर्माण प्रक्रिया छिटो गर्नुपर्ने ।
  • छाडा चौपाया व्यवस्थापन गर्नुपर्ने ।
  • छाडा कुकुर नियन्त्रण गर्नुपर्ने ।
  • पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत स्वयंसेविका परिचालन आधार स्पष्ट पार्नु पर्ने ।
  • दोश्रो चरणको सौर्य सडक बत्ती जडान कार्यमा विशेष चासो दिनु पर्ने ।
  • परिषदले पारित गरेका केही वडागत योजना छुट भएकोले आगामी दिनहरुमा सबै .योजना सञ्चालन हुनुपर्ने ।
  • घोराही नगरलाई सफा, स्वच्छ, हरितनगरी बनाउनका लागि उद्योग वाणिज्य संघले संचालन गरेको अभियानमा सबै क्षेत्रको सहकार्य र सहयोग हुनुपर्ने ।

३) उल्लेखित सल्लाह, सुझाव टिप्पणी आगामी दिनमा सुधार गर्दै लैजाने निर्णय गरियो ।