FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम दर्ता तथा नवीकरण बारे सूचना

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम दर्ता तथा नवीकरण बारे सूचना (२०७६।०४।०७)

घोराही उप–महानगरपालिकामा स्थाई बसोबास गर्ने तपसिल बमोजिमका नागरिक तथा बालाबलिकाहरुलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि तपसिल बमोजिमको शर्त पूरा गरेका योग्य र इच्छुक नागरिकहरुले घोराही उप–महानगरपालिकाको सम्बन्धित वडा कार्यालयहरुमा रित पूर्वक दरखास्त दिनु हुन सूचित गरिन्छ । चालु आ.व. २०७६।०७७ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरुले समेत आगामी आ.व. २०७७।०७८ मा भत्ता लिन चाहेमा नविकरणका लागि २०७६ श्रावण १ गते देखि पौष मसान्तसम्म दरखास्त दिनु पर्नेछ । यो सूचना बमोजिम  नवीकरणका लागि दरखास्त नदिने नागरिकहरुले २०७७ साउन देखि भत्ता प्राप्त गर्न नसक्ने व्यहोरा समेत जानकारी गरिन्छ ।

                            तपसिलः

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु र शर्तहरु –

१) ७० वर्ष नाघेका जेष्ठ नागरिक (निजहरुले आगामी आ.व. २०७७।०७८ मा ७० वर्ष पुग्ने भए चालु आ.व.को श्रावण १ गते देखि पौष मसान्तसम्म दरखास्त दिनु पर्नेछ । आगामी आ.व.मा जुन चैमासिकमा ७० वर्ष पुग्ने हो सोको पछिल्लो चौमासिक देखि सामाजिक सुरक्षा भत्ता उपलब्ध हुनेछ ।)

२) ६० वर्ष नाघेका दलित जेष्ठ नागरिक (निजहरुले आगामी आ.व. २०७७।०७८ मा ६० वर्ष पुग्ने भए चालु आ.व.को श्रावण १ गते देखि पौष मसान्तसम्म दरखास्त दिनु पर्नेछ । आगामी आ.व.मा जुन चैमासिकमा ६० वर्ष पुग्ने हो सोको पछिल्लो चौमासिक देखि सामाजिक सुरक्षा भत्ता उपलब्ध हुनेछ ।)

३) पतिको मृत्यु भएका जुनसुकै उमेरका विधवा (निजहरुले जहिले सुकै दरखास्त दिन सक्नेछ र निजहरुले दर्ता गराएको पछिल्लो चौमासिक देखि सामाजिक सुरक्षा भत्ता प्राप्त हुनेछ ।

४) ६० वर्ष नाघेका अविवाहित वा सम्बन्ध विच्छेद भएका एकल महिला (निजहरुले जहिले सुकै दरखास्त दिन सक्नेछ र निजहरुले दर्ता गराएको पछिल्लो चौमासिक देखि सामाजिक सुरक्षा भत्ता प्राप्त हुनेछ ।)

५) महिला तथा बालबालिका कार्यालयबाट रातो रंगको अपाङ्गता परिचयपत्र प्राप्त गरेका पूर्ण अशक्त अपाङ्गता भएका (निजहरुले जहिले सुकै दरखास्त दिन सक्नेछ र निजहरुले दर्ता गराएको पछिल्लो चौमासिक देखि सामाजिक सुरक्षा भत्ता प्राप्त हुनेछ ।)

६) महिला तथा बालबालिका कार्यालयबाट निलो रंगको अपाङ्गता परिचयपत्र प्राप्त गरेका अति अशक्त अपाङ्गता भएका (निजहरुले जहिले सुकै दरखास्त दिन सक्नेछ र निजहरुले नाम दर्ता गराएको पछिल्लो चौमासिक देखि सामाजिक सुरक्षा भत्ता प्राप्त हुनेछ ।)

७) लोपोन्मुख आदिवासी जनजाति नागरिक (चालु आ.व.को श्रावण १ गते देखि पौष मसान्तसम्म दरखास्त दिनु पर्नेछ र निजहरुले नाम दर्ता गराएको पछिल्लो चौमासिक देखि सामाजिक सुरक्षा  भत्ता प्राप्त हुनेछ ।)

८) ५ वर्ष मुनिका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका (निजहरुले जहिले सुकै दरखास्त दिन सक्नेछ र निजहरुले  दर्ता गराएको पछिल्लो चौमासिक देखि सामाजिक सुरक्षा भत्ता प्राप्त हुनेछ ।)

 

नोटः– भत्ता पाउने उमेरको गणना गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार लिइनेछ । जन्मिएको साल र महिना खुलेको तर गते नखुलेको भए उल्लिखित महिनाको मसान्त र साल मात्र खुलेको भए सो सालको चैत्र मसान्तलाई आधार मानी जन्म मिति गणना गरिनेछ ।चालु आ.व.को पौष मसान्त सम्म नबिकरण नगर्ने लाभग्राहीले आगामी आ.व.मा सामाजिक सुरक्षा भत्ता पाउने छैन ।