घोराही नगरपालिका ( तत्कालिन त्रिभुवननगर पंचायत ) का संस्थापक प्रधानपन्च गजराज शर्माको ८५ बर्षको उमेरमा मिति २०७३/०९/०९मा निधन भएकोमा हामी अत्यनत मर्माहित भएका छौ |शोकको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं |
१. घोराही नगरपालिकाको आ. व. ०७१/०७२मा भएको आमदानी, खर्च, सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको विवरण, सामाजिक सुरक्षा पंजीकरण लगायत भए गरेको सम्पूर्ण काम कारवाहीको बिबरंका साथै समस्या चुनौती र उल्लेखनीय कार्यहरु आजको समीक्षा बैठकमा प्रस्तुत गरियो | प्रस्तुत विवरण अनुसार नगरपालिकाको स्थिति राम्रो रहेको पाइयो |
२. वार्षिक प्रगति समीक्षा कार्यक्रममा सरोकारवालाहरु तपसिल बमोजिम सल्लाह सुझाव टिप्पणी प्राप्त भयो |