FAQs Complain Problems

घोराही उप-महानगरपालिकाको संक्षिप्त परिचय

नेपालको लुम्बिनी प्रदेश  अन्तर्गत पर्ने दाङ जिल्लामा अवस्थित घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठूलो उपमहानगरपालिका हो । चुरे र महाभारात पर्वतले घेरेको  एसिया कै दोस्रो ठूलो उपत्यका दाङ उपत्यकाको पूर्वि भाग र केही पहाडी इलाकामा फैलिएर कुल ५२२.२१ बर्ग किलोमिटर  क्षेत्रफल रहेको उपमहानगरपालिकाको पूर्वमा बंगलाचुली गाँउपालिका , पश्चिममा तुलसीपुर उपमहानगरपालिका , उत्तरमा रोल्पा जिल्ला र  दक्षिणमा लमही नगरपालिकाले घेरिएको छ । घोराही उपमहानगरपालिकाका ३५ हजार ४ सय १९ घरधुरीमा गरी कूल जनसंख्या १ लाख ५६ हजार १ सय ६४ रहेको छ । जस्मा ४६.३२ प्रतिशत पुरुष छन भने ५३.६८ प्रतिशत  महिला रहेका छन । विविधतापूर्ण जातीय पहिचान रहेको घोराही उपमहानगरपालिकामा खस आर्य, दलित, जनजाति, मधेसी, मुस्लिम आदिको बसोबास छ । जनसंख्याको दृष्टिकोणले २५.४९ प्रतिशत थारु , २३.७० प्रतिशत क्षेत्री , १७.४८ प्रतिशत मगर तथा १२.७८ प्रतिशत ब्राह्मण बसोबास गर्छन भने बाकिँ अन्य जातिका छन । घोराही उप-महानगरपालिकाको जनसंख्याको ७१.५१ प्रतिशतले नेपाली , २३.४७ प्रतिशतले थारु, २.२० प्रतिशतले खाम, अन्यले १०.८२ प्रतिशले मगर भाषा र केहिले अन्य (अवधी, गुरुङ आदि ) भाषा बोल्दछन् । घोराही उपमहानगरपालिकामा ८५ वटा सरकारी तथा ३० वटा निजी गरी कुल १ सय १५ शिक्षण संस्था  रहेका छन् । ७३.५८ प्रतिशत कुल साक्षरता दर रहेको उपमहानगरपालिकामा ८२.१५ प्रतिशत पुरुष साक्षर छन् भने ६६.३३ जना महिला साक्षर रहेका छन् ।  नेपाल सरकारको २०७३ साल फाल्गुन २२ गतेको निर्णयअनुसार साविक घोराही नगरपालिका, त्रिपुर नगरपालिका, सौडियार गा.वि.स., सैघा गा.वि.स., धर्ना गा.वि.स., रामपुर गा.वि.स. र लक्ष्मीपुर गा.वि.स. समायोजन भई घोराही उपमहानगरपालिकामा परिणत भएको हो ।                                                                                                                                                                                

उप-महानगरको वडा नं.

साविक गा.वि.स. र नगरपालिकाका वडाहरु

नयाँ वडाको जनसंख्या

साविक गाविस वा नपाको नाम

साविकका वडा नं

रामपुर गा.वि.स.

वडा नं. ५,७,८,९

५०८३

रामपुर गा.वि.स.

वडा नं. १,२,३,४,६

७५४२

लक्ष्मीपुर गा.वि.स.

वडा नं. १,२,३,६

६७६९

लक्ष्मीपुर गा.वि.स.

वडा नं. ४,५,७,८,९

६९५६

धर्ना गा.वि.स.

वडा नं. १ देखि ९ सम्म

६८५१

सौडियार गा.वि.स.

वडा नं १,२,३,४

५४८३

सौडियार गा.वि.स.

वडा नं.५,६,७,८,९

 

६६१८

त्रिपुर न.पा.

वडा नं ४,११

६६५८

त्रिपुर न.पा.

वडा नं १०,१२,१३

७४३४

१०

त्रिपुर न.पा.

वडा नं१,२,३

१००४९

११

त्रिपुर न.पा.

वडा नं. ५,८

७१३३

१२

त्रिपुर न.पा.

वडा नं. ६,७,९

९९०९

१३

घोराही न.पा.

वडा नं. ७,८

 

७२२४

१४

घोराही न.पा.

वडा नं. १०

१११८१

१५

घोराही न.पा.

वडा नं. ११

१९७५७

१६

घोराही न.पा.

वडा नं. ९,१

६१०१

१७

घोराही न.पा.

वडा नं. २,३,४

९३००

१८

घोराही न.पा.

वडा नं. ५,६

९३६५

१९

सैघा गा.वि.स.

वडा नं १ देखि ९ सम्म

६७४८

 

जम्मा

 

१५६१६४