FAQs Complain Problems

फोहोरमैलाा व्यवस्थापन लागि कम्प्याकटर खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हानको सूचना

फोहोरमैलाा व्यवस्थापन लागि कम्प्याकटर खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हानको सूचना

(दोस्रो पटक प्रकाशन मितिः (२०७४।०९।०२ गते )

१) यस उप महानगरपालिकालाई आवश्यक पर्ने तपसिल बमोजिमको फोहोरमैला व्यवस्थापनका लागि कम्प्याकटर सप्लाइ गर्न इच्छुक र इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाले देहाय वमोजिमको शर्तहरुको अधिनमा रहि रितपुर्वकको वोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

२) यो सूचना प्रकाशित गरिएको मिति देखि ३० औ दिनको ठिक १२:०० बजेसम्म वोलपत्र फारम यस कार्यालयमा अद्यावधिक नविकरण गरेको व्यवसाय दर्ताको प्रमाणित इजाजत पत्र, अद्यावधिक नविकरण फर्म, संस्था वा कम्पनि दर्ताको प्रमाणित प्रमाणपत्र मुल्य अभिवृद्धि करमा दर्ताको प्रमाणित प्रमाण पत्र, स्थायी लेखा नम्वर (PAN) प्रमाणित प्रमाणपत्र, आ.व. २०७३।०७४ सम्मको कर चुक्ता गरेको प्रमाणित प्रमाण पत्र वा आ.व.२०७३/०७४ कर/आय विवरण पेश गरेको प्रमाणित कागजात र उत्पादक कम्पनी वा नेपालमा रहेको आधिकारिक बिक्रेताबाट बोलपत्रदातालाई प्राप्त Authorization letter  प्रमाणित प्रतिलिपि र निवेदन साथ पेश गरेपछि नियमानुसार वोलपत्र फारम (रकम फिर्ता नहुने गरी) यस कार्यालयवाट रु ३०००मा उपलव्ध गराइने छ । अथवा PPMO को WEBSITE www.bolpatra.gov.np वा www.gepson.gov.np वा www.ghorahimun.gov.np बाट प्रकृया पुर्याई E-Bidding गर्न सकिनेछ E-Bidding का लागी Nepal Bank Limited, Ghorahi branch Office Account no :  027030000000004001044 (for bid document cost) भौचरको इस्क्यानिङ्ग गरी राख्नुपर्नेछ ।

३) E-bidding गर्ने बोलपत्रदाताहरुले बोलपत्र खोलेको ७ (सात) दिन अनिवार्य रुपमा सक्कल कागजातहरु कार्यालयमा बुझाई सक्नुपर्नेछ अन्यथा उक्त बोलपत्रदाताको बोलपत्रलाई मान्यता दिईने छैन ।

४) बोलपत्र पेश गर्दा आफुले सप्लाई गर्न चाहेको फोहोरमैला व्यवस्थापनका लागि कम्प्याकरको  लागी  बोलपत्र खरिद गरी बाहिर खाममा सम्बन्धित उपकरणको विवरण तथा ठेक्का नं. स्पष्ट खुलाई पेश गर्नु पर्नेछ ।

५) खरिद गरिएका वोलपत्र फारमहरुको महलहरु स्पष्ट रुपमा भरि प्रत्येक पानामा सहिछाप गरी दोस्रो पटक सूचना प्रकाशित भएको मिति देखि ३१ औ दिनको १२:०० वजे भित्र यस कार्यालयमा आई वोलपत्र दर्ता गराउन सकिने छ ।

६) वोलपत्र फारम साथ जमानत रकम यस उ. म. न. पा. कार्यालयको Nepal Bank Limited, Ghorahi branch Office Account no :  027030000000004001044 (for bid security purposes) मान्यता प्राप्त वैक वाट यस कार्यालयको नाममा जारी गरिएको १२० दिन म्याद भएको जमानी पत्र (विडवण्ड) वोलपत्र साथ पेश गर्नुपर्ने छ । यसरी पेश गरिने जमानत वापतको भौचर वा विडवण्ड यो सूचना प्रकाशित भएको मिति पछिको लाई मान्यता दिइनेछ ।

७) दर्ता हुन आएका सिलवन्दी फारमहरु यस कार्यालयमा वोलपत्रदाताहरु वा निजको प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । निजहरुको अनुपस्थितिमा पनि वोलपत्र खोल्न वाधा पर्नेछैन । फारम खरिद गर्ने वा दाखिला गर्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदा पछिको कार्यालय खुलेको दिन सोहि समयमा हुनेछ ।

८) प्राप्त वोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ । रित नपुगेका र म्याद नाघि आएका वोलपत्र उपर कुनै कारवाही गरिने छैन ।

९) वोलपत्र सम्वन्धी अन्य सर्तहरु वोलपत्र फारममा उल्लेख गरे वमोजिम हुनेछन् ।

१०) अन्य कार्यविधिहरु स्थानीय निकाय आर्थिक प्रशासन सम्वन्धी नियमावली २०६४,सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली ,२०६४ अनुसार हुनेछ ।

११) अन्य केही कुरा बुझ्नु परेमा यस कार्यालयको आर्थिक प्रशासन शाखा वा फोन नम्बर ०८२–५६०२४३, ०८२–५६१२६८, ०८२–५६०१६२ मा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने छ ।

            ठुक्का नं.       

विवरण

   आवश्यक संख्या

बोलपत्र फाराम दस्तुर रु.

जमानत रकम रु

NCB/GOODS/GSMC/2074-075/04        

            Refuse Compactor Vehicle (As per Approved   Technical Specification)

थान ३

(तीन)

३,०००।००

३,००,०००|००

E-bidding का लागी  www.bolpatra.gov.np मा जानुहोस ।