FAQs Complain Problems

बैठक नं.६१ (मिति २०७५/०३/१३)

प्रस्ताव: मिति २०७६/३/१३ गते शुक्रवार, ६१ औ बैठक

  1. गौशाला व्यवस्थापन सम्वन्धमा |
  2. कक्षा थप सम्वन्धमा |
  3.  विपद व्यवस्थापन निर्णय अनुमोदन |
  4. लागत सहभागिता सम्वन्धमा |

निर्णयहरु

निर्णय नं. १:

यस घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित श्री राप्ती अर्गानिक कृषक गौशाला तथा विविध पशुपालन समूहले सामुदायिक गाई व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्न आवश्यक सहयोग गरिदिनु भनि सहयोग माग भै आएको हुँदा प्राविधिक ल.इ.को आधारमा एक पटकका लागि शिर्षक नं. ४०४० को सि.नं. २ अन्तर्गत सार्वजनिक शौचालय निर्माण शिर्षकबाट आवश्यक सहयोग गर्ने |

निर्णय नं. २:

२.१ यस घोराही उपमहानगरपालिका नगर शिक्षा समितिको मिति २०७६/०३/०६ गते बसेको बैठकको निर्णयानुसार विभिन्न विद्यालयहरुले विभिन्न विषयमा कक्षा ११/१२ संचालनको लागि अनुमति प्राप्त गर्न निवेदन पेश भएका विद्यालयहरुको अनुगमन गरि नगर शिक्षा उपसमितिको प्रतिवेदन अनुसार तपशिलका विद्यालयहरुलाई देहाय बमोजिमका विषयहरु संचालन गर्न अनुमति दिने |

तपशिल:

क्र.स.

विद्यालयको नाम

वडा नं.

अनुमति दिने कक्षा

विषय

कैफियत

१.

मा.वि रझेना (सामुदायिक)

१८

११

कानून तथा आम संचार

 

२.

जयशेर मा.वि. रावत गाउँ( सामुदायिक)

११

शिक्षा

 

३.

पद्मोदय नमुना मा.वि. भरतपुर (सामुदायिक)

१५

१२

कम्प्युटर प्राविधिक

 

४.

गोरक्ष रत्न मा.वि. चौघेरा (सामुदायिक)

१७

१२

पशु विज्ञान प्राविधिक

 

५.

जनज्योति विद्यामन्दिर मा.वि. घोराही (संस्थागत)

१५

११

विज्ञान

 

 

२.२ संस्थागत विद्यालय गुठीतर्फ अनुमति दिँदा तपशिल बमोजिमका कक्षा र तहको लागि देहाय अनुसार रकम स्थानीय विकास कोष खाता नं.   मा जम्मा गर्ने |

तपशिल:

  • निजि गुठीतर्फ मन्टेश्वरी अनुमति दिँदा रु १०,०००|००
  • सार्वजनिक गुठीतर्फ मन्टेश्वरी अनुमति दिँदा रु ५०००|००
  • निजि गुठी तर्फ प्राथमिक तहको लागि रु १५,०००|००
  • सार्वजनिक गुठीतर्फ प्राथमिक तहको लागि रु १०,०००|००

निर्णय नं. ३:

यस घोराही उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिको मिति २०७६/०३/१३ गते बसेको बैठकको तपशिल बमोजिम निर्णय अनुमोदन गर्ने |

  •  

३.१ यस घोराही उपमहानगरपालिका वडा नं. १९ मा अवस्थित सैघा स्वास्थ्य चौकीमा रहेका ८० वाटका सोलार पाता मिति २०७६/०२/१९ गतेको हावाहुरीले उडाएर फुटेको साथै काम नलाग्ने भएको हुँदा सेवा संचालन कार्यलाई अगाडी बढाउन १०० वाटको सोलार पाता खरिद गर्न नगरस्तरीय शिर्षक नं. ४०६० को सि.नं.१. स्थानीय विपद व्यवस्थापन कोष शिर्षकबाट भुक्तानी दिने |

३.२ यस घोराही उपमहानगरपालिका वडा नं. १४ र वडा नं. १५ मा पर्ने मिलनचोक स्थित बाल मन्दिरको दक्षिण तर्फ स्वागत गेट जडान गर्ने क्रममा घाईते भएका वेल्डिङ मिस्त्री हेमराज विष्टको एम्बुलेन्स भाडा र औषधि उपचार खर्च रु १३०००|०० नगरस्तरीय शिर्षक नं ४०६०को सि.नं. १ स्थानीय विपद व्यवस्थापन कोषबाट भुक्तानी दिने |

 

निर्णय नं. ४

  • घोराही उपमहानगरपालिका तथा स्थानीय उपभोक्ताको ५० प्रतिशत र आर्थिक मामिला तथा योजना मन्त्रालय ५ नं. प्रदेशको ५० प्रतिशत लागत सहभागितामा यस उपमहानगरपालिकाको वडा नं. १ र २ को  चेपे खोला सिंचाईको लागि ड्याम निर्माण गर्न उपभोक्ता समिति संग सम्झौता भई प्राविधिक मुल्यांकन तथा निर्माण कार्य सम्पन्न प्रतिवेदन बमोजिम रु ९९९८९२२|०७ (अक्षरुपि उनान्सय लाख अन्ठानब्बे हजार नौ सय बाइस र सात पैसा मात्र) मा निर्माण कार्य सम्प्पन्न भएको हुँदा र उक्त योजना जांचपास तथा फरफारक गर्नुको साथै सम्झौता बमोजिम आर्थिक मामिला तथा योजना मन्त्रालय ५ नं. प्रदेशबाट ५० प्रतिशतले व्यहोरिने रकम रु ४९९९४६१|०३(अक्षरुपि उनानपचास लाख उनान्सय हजार चार सय एकसट्ठी र तीन पैसा मात्र) उपलब्ध गराउन माग गर्ने निर्णय गरियो |

निर्णय नं. ५:

यस घोराही उपमहानगरपालिकाको आ.व. २०७५/०७६, वडा नं. ५को स्वीकृत वडा स्तरीय कार्यक्रम तपशिल बमोजिम संशोधन गर्ने |

  1.  

 

स्वीकृत कार्यक्रम

  •  

संशोधित कार्यक्रम

संशोधित बजेट

  •  
  1.  

दलित जनजाति मध्येबाट छनौट गरि साइकल मर्मत सम्भार तालिम (सि.नं.२०६०, सि.नं.८)

१,००,०००|००

जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम

१,३०,०००|००

क्र.स. १ र २ को बजेट समावेश

  1.  

७५ बर्ष माथिका जेष्ठ नागरिक घरदैलो भेटघाट तथा औषधि उपचार कार्यक्रम (सि.नं. २०६०, सि.नं.१३

  •