FAQs Complain Problems

बैठक नं. १४ को निर्णयहरु(२०७४।०७।१९)

निर्णय नं. १ :

घोराही उपमहानगरपालिकामा बसोबास गर्ने गरीब, विपन्न तथा लक्षित वर्ग, लोपोन्मुख समूहहरुको आयआर्जन, क्षमता वृद्धि गरि जीवनस्तरमा सुधारल्याई गरीवी न्यूनीकरणमा टेवा पुर्याउने उदेश्यका साथ यस उपमहानगरपालिकाबाट संचालन गरिने शीपमूलक कार्यक्रमहरुलाई अझ बढी प्रभावकारी बनाउन लघु उद्यम विकास कार्यक्रमको मोडेलमा कार्यक्रम संचालन गर्ने गरि निम्न नीतिगत तथा संस्थागत व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाउने गरियो |

  • लघु उद्यम विकास कार्यक्रम र घोराही उपमहानगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर
  • रणनीतिक योजना तयार गर्ने
  • उद्यम विकास कोष स्थापना
  • उद्यम विकास समिति गठन

निर्णय नं. २ :

यस घोराही उपमहानगरपालिकाको समग्र आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक, ऐतिहासिक, प्राकृतिक विषयवस्तु समावेश भएको नगर प्रोफाइल तयार गर्न विषय विज्ञसंग छलफल र प्रक्रिया अगाडि बढाउन घोराही उपमहानगरपालिका उपप्रमुखज्यूको संयोजकत्वमा निम्न सदस्यहरु रहेको समिति गठन गर्ने निर्णय गरियो |

१.उपप्रमुख : संयोजक

२.विषयगत समितिका संयोजकहरु: सदस्य

३. कार्यकारी अधिकृत : सदस्य

 

निर्णय नं. ३ :

दाङको तुलसीपुर उपमहानगरमा रहेको रेडियो प्रकृतिमा मिति २०७४/०५/१५मा आगलागी भई भौतिक संरचना नष्ट भएकोले सहयोग गरिदिनु हुन भनि नेपाल पत्रकार महासंघ दाङ शाखाको च.नं. १४२को पत्रबाट समेत सिफारिस भई आएको हुँदा क्षतिपूर्ति स्वरूप रु. १०,०००|०० सहयोग दिने निर्णय गरियो |

 

 

 

 

 

निर्णय नं.४:

यस उपमहानगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतबाट प्रयोग हुने सवारी साधनमा कार्यरत सवारी चालकहरु कार्यालय समय भन्दा बढी समय सम्म जुन सुकै बखत सेवामा खटिनु पर्ने भएको हुँदा प्रोत्साहनका लागि सुरु तलब स्केलको ३०% प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरियो |

निर्णय नं.५ :

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको च.नं. ५२, मिति २०७४/०७/०१को पत्रानुसार संस्थाबाट घोराही उपमहानगरपालिकाका सबै वडाहरुमा संचालन गरिने खानेपानी व्यवस्थापन तथा पूर्ण सरसफाई सम्वन्धि दुई दिने तालिमका लागि खर्च प्रस्ताव सहित सहयोग माग भई आएको हुँदा सहयोग स्वरूप रु. २,००,०००|०० दिने निर्णय गरियो |

निर्णय नं.६:

सिद्ध रत्ननाथ क्याम्पस नारायणपुरको मिति २०७४/०७/०७, च.नं. ३९को पत्रानुसार क्याम्पसको स्तरोन्नति, शैक्षिक सुधार एवं भौतिक पूर्वाधार विकासमा लगानी आवश्यक भएको हुँदा सहयोग गरिदिनु हुन भनि क्याम्पस संचालक समितिको निर्णय सहित सहयोग माग भइ आएको हुँदा सहयोग स्वरूप रु. ३,००,०००|०० दिने निर्णय गरियो |

निर्णय नं. ७ :

बाल शान्ति गृह पर्साको मिति २०७४/०६/२९ र मिति २०७४/०७/०७, च.नं. ३९को पत्रानुसार शान्ति गृहको संरक्षणमा रहेका असाह्य, अनाथ बालबालिकाहरुको संरक्षण र सम्वर्धनका लागि संस्थासंग आर्थिक अभाव भएको हुँदा सहयोग गरिदिनु हुन भनि कार्यक्रम सहित सहयोग माग भएको हुँदा सहयोग स्वरूप रु. ५,००,०००|०० आर्थिक सहयोग गरिदिने निर्णय गरियो |

 

 

 

 

 

 

 

निर्णय नं.८ :

पद्मोदय क्याम्पसको मिति २०७४/०७/०७, च.नं.१०२को पत्रानुसार प्राविधिक शिक्षा र विज्ञान संकाय तर्फ पुस्तकालय स्थापनार्थ आर्थिक सहयोग गरिदिनहुन भनी त्रिभुवन विश्वविद्यालय संग स्नातक तहमा बि.एस.सी. कार्यक्रम संचालन गर्न स्वीकृति लिएको पत्र र क्याम्पसको प्रस्ताव सहित सहयोग माग भइ आएको हुँदा रु.२,००,०००|०० आर्थिक सहयोग दिने निर्णय गरियो |

निर्णय नं.९ :

घोराही उपमहानगरपालिकाको प्रथम नगरसभाबाट पारित नीति तथा कार्यक्रम अनुसार उपमहानगरपालिकाको आर्थिक, सामाजिक, भौतिक लगायत समग्र विकासका लागि Master Plan बनाउन नगर प्रमुखज्यूको संयोजक रहने गरि निम्न ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरियो |

१. नगर प्रमुख : संयोजक

२. उपप्रमुख : सदस्य

३. अध्यक्ष वडा नं. १५ : सदस्य

४. अध्यक्ष वडा नं. १६ : सदस्य

५. अध्यक्ष वडा नं. १८ : सदस्य

६. योजना शाखा       : सदस्य

७. कार्यकारी अधिकृत    : सदस्य सचिव

 

निर्णय नं. १० :

घोराही उपमहानगरपालिकाको प्रथम नगरसभाबाट पारित नीति तथा कार्यक्रम अनुसार घोराही उपमहानगरपालिकालाई अत्याधुनिक र सबै सेवा सुविधायुक्त शहर बनाई Smart Cityमा रुपान्तरण गर्नका लागि प्रक्रिया अगाडी बढाउन नगर प्रमुखज्यू संयोजक रहने गरि निम्न १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरियो |

१. नगर प्रमुख : संयोजक

२. उपप्रमुख : सदस्य

३. अध्यक्ष वडा नं. १६ : सदस्य

४. अध्यक्ष वडा नं. १८ : सदस्य

५. अध्यक्ष वडा नं. १५ : सदस्य

६. योजना शाखा       : सदस्य

७. नेपाल विद्युत प्राधिकरण, शाखा कार्यालय, दाङ   : सदस्य

८. नेपाल टेलिकम, दाङ शाखा    : सदस्य

९. कम्प्युटर एसोसिएसन नेपाल : सदस्य

१०. कार्यकारी अधिकृत  : सदस्य सचिव

 

 

 

निर्णय नं. ११ :

घोराही उपमहानगरपालिका वडा नं. ३ नि.मा.वि. सुनपुरको शैक्षिक स्तरोन्नतिका लागि सहयोग गरिदिनुहुन भनी माग भइ आएको हुँदा रु. १,०६,०००|०० आर्थिक सहयोग गर्ने निर्णय गरियो |

निर्णय नं.१२ :

यस घोराही उपमहानगरपालिकाबाट औषधि खरिद प्रक्रियाकालागि दरभाउपत्र माग गरिए अनुसार पेश भएका दरभाउ पत्रहरुको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकन गर्न सार्वजनिक खरिद नियमावली २०६४ नियम १४७ बमोजिम निम्न ६ सदस्यीय समिति गठन गर्ने निर्णय गरियो |

१. सामाजिक विकास महाशाखा प्रमुख: संयोजक

२. योजना महाशाखा             : सदस्य

३. प्रशासन महाशाखा प्रमुख       : सदस्य

४. आर्थिक प्रशासन महाशाखा प्रमुख : सदस्य

५. स्वास्थ्य शाखा प्रमुख          : सदस्य

६. जिन्सी शाखा प्रमुख           : सदस्य

समितिले आवश्यकता अनुसार विषयविज्ञको सेवा लिन सक्ने छ |

 

निर्णय नं.१३ :

घोराही उपमहानगरपालिका अन्तर्गत कृषि र पशु सेवा शाखाबाट संचालन गरिने कार्यक्रमहरु सम्पादन गर्न कानूनको आवश्यकता देखिएको हुँदा वडा नं. १५ का वडा अध्यक्ष श्री रमेशकुमार पाण्डेयज्यूको संयोजकत्वमा तपशील अनुसार सदस्य रहने गरी कृषि तथा पशु सेवा कार्यक्रम संचालन कार्यविधि २०७४ निर्माण गर्न समिति गठन गर्ने निर्णय गरियो |

१. रमेश कुमार पाण्डेय : संयोजक

२. राममणि पाण्डेय    : सदस्य

३. विष्णुमणि दाहाल   : सदस्य

४. पशुपति चौधरी    : सदस्य

५. टोपा कुमारी पौडेल : सदस्य

६. भरत पोख्रेल      : सदस्य

७. निम बहादुर पुन  : सदस्य

 

 

 

निर्णय नं. १४:

घोराही उपमहानगरपालिका भित्र भवन निर्माण गर्न इजाजत नलिई सम्पन्न भएका घर/भवनहरुलाई नक्सा पासको कानूनी प्रक्रिया भित्र ल्याउन मिति २०७४/०६/१०को कार्यपालिकाको बाह्रौं बैठकको निर्णय नं.६मा भएको निर्णयलाई स्थगन गरि स्थानीय तह संचालन ऐन २०७४को दफा ४२ बमोजिम घर नक्सा पास स्वीकृतिका लागि आगामी २०७४ चैत्र मसान्त सम्ममा सूचना प्रवाह गरि नक्सा पास गर्ने निर्णय गरियो |

घोराही उपमहानगरपालिकामा भवन निर्माण गर्न इजाजत लिएका तर समयावधि भित्र निर्माण सम्पन्न गरि सम्पन्न प्रतिवेदन नलिएका घरधनीहरुबाट निवेदन पेश हुन आएका निवेदनहरुमा नियमानुसार लाग्ने दस्तुर लिई नक्सा पास प्रक्रियामा लैजाने निर्णय गरियो |

निर्णय नं. १५ :

आ.व. २०७४/०७५मा यस उपमहानगरपालिका कृषि शाखाबाट सम्पादन गरिने कार्यक्रमहरुमाथि छलफल गरियो | शाखा प्रमुख बाट पेश भए अनुसार कार्यक्रम स्वीकृत गर्ने निर्णय गरियो |

निर्णय नं. १६:

आ.व. २०७४/ ०७५मा यस उपमहानगरपालिका पशु सेवा शाखाबाट सम्पादन गरिने कार्यक्रमहरुमाथि छलफल गरियो |  शाखा प्रमुख बाट पेश भए अनुसार कार्यक्रम स्वीकृत गर्ने निर्णय गरियो |

निर्णय नं.१७ :

घोराही उपमहानगरपालिका वडा नं. १९मा रहेको भगवती मा.वि. सैघाको शैक्षिक स्तरोन्नतिका लागि सहयोग गरिदिनुहुन भनी माग भइ आएको हुँदा रु. १,००,०००|०० आर्थिक सहयोग गर्ने निर्णय गरियो |