FAQs Complain Problems

३८औं स्थापना दिवस कार्यक्रम सम्पन्न

घोराही नगरपालिकाको ३८औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । २०७२ माघ १४ गते अन्तर विद्यालय स्तरीय नृतय प्रतियोगीता गरिएको थियो भने प्रमुख कार्यक्रम २०७२ साल माघ १५ गते गरिएको थियो । मूल कार्यक्रम विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै उत्कृष्ठ पत्रकार, उत्कृष्ठ कर्मचारी र उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।कार्यक्रममा जेष्ठ नागरीकहरु तथा अग्रजलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रम घोराही नगरपालिकाका कार्याकारी अधिकृत श्री तूफान सिंह के.सीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि दाङ जिल्ला क्षेत्र नं. ३ का माननीय सांसद राजु खनाल तथा विशिष्ट अतिथि सांसद अनिता देवकोटा रहनु भएको थियो ।